search

शाह पाराडाइज होटलमा दुईजना मृत अवस्थामा भेटिए

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असोज । वीरगंजको मुख्य बसपार्क नजिकै रहेको भानुचौकस्थित एक होटलमा मङ्गलवार साँझ बुवा र छोरा मृत अवस्थामा फेला परेका छन्। शाह पाराडाइज होटलमा मृत अवस्थामा भेटिएकाहरू भारतको वेस्ट बंगाल भुवनेश्वरका नागरिक रहेको खुलेको छ । उनीहरूको परिचय सजल आचार्य (वर्ष ६७) र उनका छोरा सागर आचार्य (वर्ष २४) रहेको प्रहरीले जानकारी दिएको छ ।
होटल प्रशासनका अनुसार बुवा–छोरा गत १९ गतेदेखि होटलको कोठा नम्बर १११ मा बस्दै आएका थिए । मङ्गलवार करिब ४ बजेसम्म पनि उनीहरू खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन जाँदा घटनावारे जानकारी भएको एक कर्मचारीले बताएका छन् ।
घटनास्थल पुगेका पर्सा प्रहरीका डिएसपी किसोर लमसालका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना बुवा सजन आचार्य ओछ्यानमा मृत देखिछन् भने छोरा सागर आचार्य होटलको पंखामा झुन्डिएको अवस्थामा देखिएको छ ।
प्रहरीले खबर पाउने बित्तिकै घटनास्थलमा टोली परिचालन गरी अनुसन्धान शुरू गरेको डिएसपी लमसालले जानकारी दिए । उनले भने, “हामी विस्तृत रूपमा अनुसन्धान गरिरहेका छौँ । मृत्युको कारण पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि खुल्नेछ।”
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads