search

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असोज ।
गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर १ धोरे स्थायी घर भई वीरगंजमा बस्दै आएका अन्दाजी १६ वर्षका अंशु गिरी रहेका छन् । घटना लगत्तै फरार भएका गिरीलाई भारतमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले मंगलवार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको हो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटना ग्याङबीचको होडबाजी र पुरानो रिसइबीको कारणले भएको जनाएको छ ।
वीरगंज महानगरपालिका–१० स्थित गीता मन्दिर नजिकै राति करिब ११ः३० बजे झगडा शुरू भएको थियो । गम्भीर घाइते बनेका गोल्डेनलाई तत्काल नारायणी अस्पताल पु¥याइए पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।
यसअघि पाँच जना अभियुक्तहरु १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी (करण प्रसाद) पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा —लाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। सबै अभियुक्त वीरगंज–२४, रामगढवाका निवासी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads