search

जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री गुप्तासहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ असोज । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्रीसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
गुप्ता एमालेका नेता हुन् भने श्रेष्ठ नाउपाकी अध्यक्ष हुन् ।
यस मुद्दामा ७८ लाख रुपियाँँ बिगो दाबी गरिएको छ। गुप्ताले बिचौलियाहरूसँग घुस डिल गरेको श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। उक्त श्रव्य सामग्रीमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ।
अधिकारीको संलग्नता अहिले स्पष्ट नभइसकेकाले अनुसन्धान जारी रहेको र त्यो सकिएपछि पूरक अभियोग लैजान सकिने अख्तियार स्रोतले बताएको छ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २ मङ्सिरः सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न...

सम्बन्धित खबर

- Advertisement -neelambads