search

spot_img
spot_img

पर्सागढीमा दुर्घटनाः एकजनाको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ असोज ।  पर्सामा गएराति सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा पर्सागढी नगरपालिका–४ हरपुरका २२ वर्षीय प्रीतम कुमार पटेल रहेका छन् ।

जीतपुरबाट बडनिहार जाने क्रममा पारस चोकभन्दा सय मिटर पूर्व उनले चलाएको मोटरसाइकल ना ६ त ५०९४  नं.को टयाक्टरमा ठोक्किएर घटनास्थलमै पटेलको मृत्यु भएको थियो भने मोटरसाइकलको पछाडि बसेका सोही गाउँका २२ वर्षीय निराजन साह कलवार गम्भीर घाइते भएका थिए ।

पटेलको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा लगिएको छ भने कलवारको वीरगंज न्युरो हस्पिटल श्रीपुरमा उपचार भइरहेको परिवारजनले बताएका छन् ।

पर्सा बिरुवाचोकका सरबत दास थारुको टयाक्टर रहेको र सांझको समयमा धानको बोझा ढुवानी गर्ने क्रममा मोटरसाइकलको अगाडि रहेको टयाक्टर चालकले अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेको मोटरसाइकल अनियन्त्रित भएर ठोक्किदा सो दुर्घटना भएको स्थानीय जिनेन्द्र रामले जानकारी गराएका छन् ।

पीडितलाई कानून बमोजिम किरिया खर्च र क्षतिपूर्ति उपलब्ध गराउन स्थानीय तथा मृतक तथा घाइते पक्षले जिल्ला प्रहरी कार्यालय, पर्सासंग माग गरेका छन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सशस्त्र प्रहरी बाराद्वारा १० किलो लागुऔषध गाँजा बरामद

वीरगंज, २३ असोज । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानबाट गाँजा तथा ४ लाख ३७ हजार रुपियाँँ मूल्य बराबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads