search

spot_img
spot_img

सशस्त्र प्रहरी बाराद्वारा १० किलो लागुऔषध गाँजा बरामद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ असोज । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानबाट गाँजा तथा ४ लाख ३७ हजार रुपियाँँ मूल्य बराबरका अवैध सामानहरू बरामद गरेको छ । बिहीवार सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेसले निजगढ नगरपालिका–८ तामागढी चोक नजिकैबाट लागुऔषध गाँजा करिब १० के.जी. बरामद गरेको जनाएको छ। नम्बर नखुलेको मोटरसाइकलमा सवार दुर्ई व्यक्तिले केही वस्तु फ्याँकेर मोटरसाइकलसहित फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर १० नहरचोकस्थित प्र.सी.सु. गुल्म मटिअर्वाबाट खटिएको टोलीले बुधवार भारतबाट भन्सार छली ल्याउँदै गरिएको अन्दाजी १ लाख ४ हजार रुपियाँँ मूल्य बराबरको टेम्पररी ग्लास र छत्तीस हजार रुपियाँँ बराबरको लेडिज कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै जितपुरसिमरा उपमहानगरपालिका – ७ लल्कापुल नजिक वीरगंज–पथलैया सडकखण्डमा सुरक्षा बेस जितपुरबाट खटिएको टोलीले बिहीवार जाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरिएको यात्रीवाहक बसको डिक्कीभित्र लुकाइएको सामान बरामद गरेको हो। उक्त बसबाट लेडिज कुर्ता–शुरूवाल, सारी र पुरूष कुर्ता–पैजामा गरी करीब २ लाख ९७ हजार ९ सय रुपियाँँ बराबरका कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल भियतनामसँग पराजित

काठमाडौँ, २३ असोजः एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ...

सम्बन्धित खबर

- Advertisement -neelambads