search

spot_img
spot_img

सिदपुरका नन्दकिशोर चौधरीको मृत्यु : परिवारमा आर्थिक संकट, सहयोगको अपिल

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

प्रमोद यादव, पर्सा, असोज २६ ।
पर्सा जिल्लाको सखुवा पर्सौनी गाउँपालिका–१, सिद्धपुर टोल निवासी स्वर्गीय भुनेश्वर चौधरी थारुका छोरा समिर चौधरीको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ।
गत असोज १८ गते वीरगञ्जबाट जितपुर हुँदै घर फर्कने क्रममा उनी सवार मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पोलमा ठोकिँदा गम्भीर घाइते भएका थिए। वीरगञ्जको एलेस न्युरो अस्पतालमा उपचारपछि काठमाडौँ पठाइएका चौधरीको उपचारकै क्रममा मृत्यु भएको मृत्कको आमा बिस्मतिया देवीले बताईन।
परिवारका अनुसार चौधरीको उपचारमा करीब ४ लाख रुपैयाँ खर्च भएको छ। अहिले उनको परिवार गम्भीर आर्थिक संकटमा परेको छ। घरमा मृतकको आमा बिस्मतिया देवी चौधरी र जेठो छोरा नन्दकिशोर चौधरी र एक बुहारी मात्र रहेका छन्। दुवै जना शारीरिक रूपमा अस्वस्थ छन् र कुनै निश्चित रोजगारी छैन।
विस्मतिया देवी चौधरीले बताइन्, “हामी बिहानदेखि बेलुकासम्म गाउँकै खेतबारीमा मजदुरी गरेर जसोतसो पेट पाल्दै आएका थियौं। छोरा बितेपछि ऋण र खर्चले थिचेका छौं, काम–क्रिया गर्न पनि पैसा छैन।”
स्वर्गीय चौधरीको उपचारका क्रममा आफन्त र छिमेकीसँग ऋण लिई खर्च गरेको र अहिले त्यो रकम फिर्ता गर्न पनि नसक्ने अवस्था रहेको परिवारजनले बताएका छन्।
यसैबीच स्थानीय बासिन्दा र आफन्तहरूले चौधरी परिवारलाई सहयोगका लागि समाजका दयालु व्यक्ति, संघ–संस्था र स्थानीय निकायहरूलाई सहयोगको हात फैलाउन अनुरोध गरेका छन्।
सहयोग गर्न इच्छुकहरूका लागि पीडित परिवारसँग प्रत्यक्ष सम्पर्क गरी सानो सहयोगले पनि ठूलो राहत पुर्‍याउन सकिन्छ। सम्पर्क ठेगाना: विस्मतिया देवी चौधरीको परिवार
सखुवा प्रसौनी गाउँपालिका–१, सिद्धपुर, पर्सा
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

घूस सहित प्रधानाध्यापक र सहयोगी पक्राउ

वीरगंज, २५ असोज । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद साहलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads