search

spot_img
spot_img

वीरगंजमा सुनचाँदी व्यवसायीको घरमा छापा मारी ठूलो परिमाणमा सुनचाँदी बरामद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ असोज ।
सशस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले वीरगंजका एकजना सुनचाँदी व्यवसायीको घरमा छापामारी सुन, चाँदीका गहना बरामद गरेको छ ।
सोमवार वीरगंज महानगरपालिका वडा नं. ८ माईस्थान स्थित अभिषेक सर्राफको घरमा अबैध रूपमा भन्सार छलि सुन ल्याई गोदाम गरिराखेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले छापामारी गरेको छ ।


छापामारीको क्रममा  उक्त सुन, चाँदी नियन्त्रणमा लिई सुन चाँदी ब्यवसायी संघ पर्सामा लगेर मापन गर्दा सुन २२५४.८६ ग्राम, चाँदी १०३५४.०७ ग्राम, सुन जस्तो देखिने ५५९.१० ग्राम, चाँदी जस्तो देखिने ५५० ग्राम र नगद नेपाली रू.१ लाख ९ हजार तथा भा.रू.४१ हजार ६० नगद बरामद भएको छ । नगद र सुनचांदीका गहना बरामद गरि आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा लगिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी गराएका छन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेसी स्वास्थ्यकर्मीहरूको समस्या सुनिदिन निकायको खोजी

राधेश्याम पटेल, २८ असोज – मधेस प्रदेशमा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी (प्यारामेडिक्स)हरूले आफ्नो समस्या सुनिदिन पहलकारी निकायको खोजी...

सम्बन्धित खबर

- Advertisement -neelambads