search

spot_img
spot_img

मधेसको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ असोज । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्।

कांग्रेस र एमालेलाई सरकार बाहिर राखेर मधेस प्रदेशसमा सरकार गठनको प्रयास भएको हो । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद देखिएका हुन् ।

एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी) पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् ।

पाँच दलीय गठबन्धनले आज अपराह्न ४ बजे भित्र प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोसपाबिच हिजो राति र आज बिहान बसेको बैठकले सोनलको नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो ।

लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा भएको बैठकमा जसपा नेपालका मनिष सुमन, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका युवराज भट्टराई, लोसपाका जैलुनराइन र नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने सहभागी थिए ।

१०७ सांसद रहेको मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धनसँग जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्र र लोसपाका ९–९, र एकीकृत समाजवादीका ७ सांसद गरी कुल ५६ सांसदको समर्थन रहेको दाबी गरिएको छ । यद्यपि, लोसपाका एक सांसद निलम्बित रहेकाले गठबन्धनको सांसद संख्या ५५ मा झरेको छ ।

यसैबिच, नेपाली काङग्रेसले नेकपा (एमाले) र जनमत पार्टीसहितको गठबन्धन बनाएर आफ्ना संसदीय दलका नेता कृष्णकुमार यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेको छ । काङग्रेसका प्रमुख सचेतक कुमार कान्त झाका अनुसार ४३ सांसदको समर्थनसहित हिजो राति नै दाबी बुझाइएको छ । तर, आवश्यक ५४ सांसदको समर्थन जुटाउन नसक्दा यो गठबन्धन सङ्कटमा परेको छ ।

जनमत पार्टीमा हालै भएको फुटले राजनीतिक प्रक्रियालाई थप जटिल बनाएको छ । जनमतबाट अलग भएर दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहसहित ६ सांसदले जनस्वराज रोज्ने चर्चाले काङग्रेस–एमाले गठबन्धन कमजोर हुने सम्भावना बढेको छ ।

लोसपाकी सांसद रमिता प्रधानले जनमत पार्टीको निर्णयले गठबन्धनको सांसद संख्या ५६ देखि ५८ सम्म पुग्न सक्ने बताएकी छन् । जनमतले काङग्रेस–एमाले गठबन्धनलाई समर्थन गरेमा ५६ र लोसपा गठबन्धनलाई समर्थन गरेमा ५८ सांसद पुग्ने अवस्था छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज अपराह्न ४ बजे सम्म दुर्ई वा दुर्ईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आहवान गरेकी छन् । जनमत पार्टीको निर्णय र सांसदहरूको दल रोजाइले मधेस प्रदेशको नयाँ सरकारको नेतृत्व निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

मन्त्रालयको भागबन्डा टुङ्गयाउन बाँकी रहे पनि पाँच दलीय गठबन्धनले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ । दुवै गठबन्धनबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेसी स्वास्थ्यकर्मीहरूको समस्या सुनिदिन निकायको खोजी

राधेश्याम पटेल, २८ असोज – मधेस प्रदेशमा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी (प्यारामेडिक्स)हरूले आफ्नो समस्या सुनिदिन पहलकारी निकायको खोजी...

सम्बन्धित खबर

- Advertisement -neelambads