राधेश्याम पटेल
वीरगंज, ३० असोज । चिनियाँ ब्राण्डको विद्युतीय कार दीपलको सुविधा सम्पन्न शोरुम वीरगंजमा उदघाटन भएको छ ।
वीरगंज–१४ गण्डक बहुअरीस्थित भाटभटेनीको छेउमा आज एक समारोहबीच शोरुमको उदघाटन भएको दीपल, वीरगंजको आधिकारिक विक्रेता नोभस ब्रदर्स प्रालिले जनाएको छ ।
नोभस ब्रदर्स प्रालिका निर्देशक अनुप अग्रवालका अनुसार गएराति गण्डकस्थित क्लार्क रिसोर्टमा एक समारोहका बीच दीपल कारको लन्च भएको र आज शोरुम उदघाटन भइसकेपछि औपचारिक रुपमा बिक्री वितरण शुरु भएको जानकारी गराए ।
चिनिया चांगाई अटोमोबाइल्सले उत्पादन गरेको यो विद्युतीय भर्जनको नयाँ विकसित आधुनिक कार हो । यो कारको लुक, स्टाइल र चलाउन पनि सुविधायुक्त रहेको उनले बताए । कारको मुख्य भाग ब्याट्री र कारभित्रको सिटहरु पनि आकर्षक रहेको पार्किङको लागि रिमोर्ट कन्ट्रोलबाट पनि अगाडि पछाडि गर्न सकिने र अन्य विद्युतीय कारको तुलनामा ब्याट्रीको क्षमता बढी भएकोले माइलेज पनि बढी दिने उनले बताए । चिनियाँ चांगाई समूहले नेपालको आधिकारिक विकेता एमएडब्लु भृद्धिलाई नियुक्त गरेको छ । एमएडब्लु भृद्धिको कोलाब्रेशनमा नोभस ब्रदर्स प्रालिले वीरगंज आसपासको कार पारखीहरुको लागि डिलरशीप लिएको उनले जानकारी गराए ।
नोभस प्रालिका निर्देशक अनुप अग्रवाल, सन्दीप अग्रवाल, सञ्जय अग्रवाल, आनन्द चौधरी, राजीव अग्रवाल रहेका छन् । अनुप अग्रवालको अध्यक्षतामा भएको कार लन्च समारोहमा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, सशस्त्र प्रहरी मधेस प्रदेशका डिआइजी दीपेन्द्र शाह, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरीक्ष पुरनचन्द्र भट्ट, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका उपाध्यक्ष अशोक टेमानी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष्F ओमप्रकाश खनाललगायतको सहभागिता थियो ।