search

spot_img
spot_img

सीमावर्ती शहर रक्सौलको राजनीतिक माहौल तात्तिदै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

रक्सौल, ३० असोज । छिमेकी राष्ट्र भारतको बिहार राज्यमा विधान सभा चुनाव नजिकिँदै जाँदा वीरगंजको सीमावर्ती शहर रक्सौलको राजनीतिक माहौल तात्न थालेको छ । प्रशान्त किशोर नेतृत्वको जन सुराज पार्टीका तर्पmबाट कपिल देव प्रसाद (भुवन पटेल)ले उम्मेदवारी दिएसँगै रक्सौलमा उनको जनसमर्थन तीव्र रूपमा बढ्दै गएको छ ।

बिहारमा लामो समयदेखि सत्तामा रहेका भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय जनता दल (आरजेडी) ले जनताका आधारभूत आवश्यकता र विकासका मुद्दामा विफल भएको धारणा मतदाताबिच फैलँदै जाँदा नयाँ राजनीतिक शक्ति जन सुराज पार्टी र भुवन पटेलको लोकप्रियता उल्लेखनीय रूपमा बढेको स्थानीयहरूले बताएका छन् ।

यता, भाजपाले पुनः प्रमोद कुमार सिन्हालाई उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । उनका विरूद्ध नेतृत्वमा अनियमितता र विकासको नाममा रकम दुरूपयोग गरेको आरोप समेत लगाइएको छ । स्थानीयहरूले पाँच वर्षमा विकासका लागि २० करोड रुपियाँँ आए पनि रक्सौल र आसपासका गाउँँको स्वरूपमै परिवर्तन नभएको बताएका छन् ।

पछिल्लो समय वीरगंजमा सुन तस्करी प्रकरणमा उनको नाम जोडिएपछि पनि मतदातामाझ उनको लोकप्रियता घटेको बताइन्छ । यसपालि उनी पराजयको जोखिममा रहेको स्थानीय राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

जन सुराज पार्टीले उम्मेदवार सूची सार्वजनिक गरेपछि रक्सौलको राजनीतिक समीकरणमा नयाँ उथलपुथल शुरू भएको छ । उक्त सूचीमा सबैभन्दा चर्चित नाम भुवन पटेलको रहेको छ ।

करिब दुर्ई दशकदेखि राजनीतिक रूपमा सक्रिय भुवन पटेलले आफ्नो यात्रा भेलाही पञ्चायतका मुखियाबाट शुरू गरेका थिए । पछि उनले समता पार्टी हुँदै जनता दल (युनाइटेड) मा प्रवेश गरेर जिल्ला अध्यक्ष र राज्य कार्यकारिणी सदस्यका रूपमा जिम्मेवारी सम्हालेका थिए । पार्टीभित्रको उपेक्षाबाट असन्तुष्ट हुँदै उनले जदयूबाट राजीनामा दिएर प्रशान्त किशोरको जन सुराज अभियानमा सहभागी भएका हुन् ।

रक्सौलको नयाँ राजनीतिक समीकरणले यसपालिको विधान सभा चुनावमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने निश्चित बनाएको छ । स्थानीयहरूका अनुसार, भुवन पटेलको लोकप्रियता र जन सुराजको सङ्गठनात्मक बलका कारण रक्सौल क्षेत्रको राजनीतिक दिशा परिवर्तन हुनसक्ने सम्भावना बलियो बन्दै गएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

टोलटोलमा जेन्जी जनमत संघ गठन

वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा...

सम्बन्धित खबर

- Advertisement -neelambads