वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा जेन्जी जनमत संघ गठन भइसकेको छ । सबै वडामा जेन्जी जनमत संघ तथा युवा दस्ता गठन गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले स्थानीय तहमा जेन्जी मतदाता दर्ता अभियान शुरू गरेको बताए । प्रदेश सदस्य बृजेस्वर चौधरीले जगरनाथपुर गाउँँपालिका लगायतका ग्रामीण क्षेत्रमा चलिरहेको जेन्जी मतदाता अभियानमा युवाहरूको सक्रिय सहभागीता रहेको बताए ।
Facebook Comments Box