search

दलितलाई छठपूजा सामग्री वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ कात्तिक । पर्सा जिल्लाको कालिकामाई गापाका वडा नं–१, गोपालपुरका माझी समुदायहरुसँग कालिकामाई युवा समाजले आइतवार दोस्रो वार्षिकोत्सव मनाएको छ ।
गोपालपुरका माझी समुदायको करिब ५० जना परिवारलाई प्रति परिवार लुगा, मैदा, चिनी, रिफाइन, अगरबत्ती, सलाइलगायतका छठ पूजाको प्रसाद सामग्री वितरण गरेको युवा समाजको अध्यक्ष आकाश चौरसियाले जानकारी गराएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं १ मुड्लिको वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया, वडा नं २ को वडा अध्यक्ष सोनालाल प्रसाद चौरसियाले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कालिका एकेडेमीको प्र.अ. लक्ष्मण ठाकुरले गरेको समाजको कोषाध्यक्ष बुलेट तिवारी जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads