search

वीरगञ्जको क्यासिनोमा पूर्व गापाअध्यक्ष चौधरीले हारे छ करोड

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज ४ कात्तिक ।  पटेर्वा सुगौली गाउँपालिकाका पूर्व अध्यक्ष हरिनारायण चौधरीले रु छ करोड रुपैयाँ वीरगञ्जका विभिन्न क्यासिनोमा जुवा खेलेर हारेका सनसनीपूर्ण जानकारी बाहिर आएको छ। ठूलो रकम डुबाएपछि उनले अहिले बिभिन्न व्यक्तिसँग लिएको ऋण तिर्न दबाबमा परेको र शेढवास्थित आफ्नो खेत बेच्न ग्राहक खोज्दै हिँडेको गाउँलेहरुले बताएका छन् ।

वीरगञ्जमा सञ्चालित किङ्स क्यासिनो र फर्चुन सिटी गेमिङ क्लबमा नेपाली नागरिकको निर्बाध प्रवेश हुँदै आएको छ। ती क्यासिनोहरूले आज दीपावलीको अवसरमा स्वदेशी र बिदेशी जुवाडेहरूका लागि विशेष छुट र मनोरञ्जनको आकर्षक अफर दिएका छन्। यही अवसरलाई लिएर स्थानीय युवा मात्र होइन, अगुवा तहका व्यक्तिहरू समेत रातारात ऋणमा डुब्ने क्रम बढ्दै गएको छ।

लक्ष्मनवा, पिपरा र नगवाका सयौँ युवाहरू जुवाको कुलतमा फसेर घरबार गुमाउने स्थितिसम्म पुगेका छन्। पर्साका नवआगन्तुक प्रहरी उपरीक्षक सुदीपराज पाठक संग यी क्यासिनोहरूमा नेपालीको अनधिकृत प्रवेश रोक्न कडा कदम चाल्न वीरगन्जको नागरिक समाजले अपेक्षा गरेको छ।

Facebook Comments Box

ताजा खबर

बृहत् वाम एकताबाट समाजवादी क्रान्तिकोे वातावरण बन्दैछ : संयोजक दाहाल

काठमाडौँ, १८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको...

सम्बन्धित खबर

- Advertisement -neelambads