वीरगंज, ४ कात्तिक । बारा जिल्लाको बंगरी नदीमा औद्योगिक प्रदुषण रोक्न माग गर्दै फेटा गाउँपालिकाका युवाहरूले मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको मंगलवार ध्यानाकर्षण गराएका छन् ।
मुख्यमन्त्री सोनलको निवासमा पुगेका पूर्व वडाध्यक्ष जयप्रकाश दास सहतिका युवाहरूले नदीको आद्योगिक प्रदुषण रोक्न ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्री सोनललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदैं उनीहरूले बाराको श्रीपुर मनहर्वाको रिलायन्स सुगर मिलले उद्योगको रसायनयुक्त प्रदुषित पानी सिधै नदीमा मिसाउँदै आएकोले तत्काल रोक्न माग गरे । सडक कालोपत्र, बंगरी नदीमा लगाइएको बाँधको मर्मत र. मंगदवा पुलदेखि त्रिवेणी नहरसम्मको कालोपत्रे सडक निर्माणका लागि पहल गरिदिन पनि मुख्यमन्त्री सोनलको ध्यानाकर्षण गराए ।

Facebook Comments Box