search

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः अध्यक्ष दाहाल

पढ्न छुटाउनुभयो ?

महेन्द्रनगर (धनुषा), ५ कात्तिकः नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभयो । सरकारले मङ्गलबबार राजनीतिक दलहरूसँग गरेको वार्ताले सरकार विस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिए पनि अझै निर्वाचनको वातावरण बनि नसकेको उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्ने बताउनुभयो । वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै अध्यक्ष दाहालले समाजवादी मोर्चामा रहेका पार्टीहरू एकता प्रक्रियातर्फ अगाडि बढेको उल्लेख गर्नुभयो । छठ पर्वपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस
Facebook Comments Box

ताजा खबर

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स...

सम्बन्धित खबर

- Advertisement -neelambads