वीरगंज ८ कार्तिक । वीरगंज समाज सेवाले शनिवार नारायणी अस्पतालमा १९औं महिनाको दोस्रो साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो डेढ वर्षदेखि प्रत्येक शनिवार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रममा अस्पतालमा उपचाररत बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा, ईरिक्सा चालकहरू, यात्री बटुवाहरूलाई भोजन खुवाइएको हो । आजको भोजन कार्यक्रममा भात, लौका हालिएको दाल, आलु परवलको तरकारी र हरियो खुर्सानीको अचारहरू वृद्ध, महिला, बच्चाहरूलाई खुवाइएको थियो । कार्यक्रममा समाजका पदाधिकारीहरूमा उपाध्यक्ष मनोज प्रसाद रौनियार, सदस्यहरू मदन प्रसाद गुप्ता, लालबाबु सिंह, निशान्त लाठ, हरेन्द्र महतो, कल्पना किङरिङ, साचे मगर, राज सराफ, अनिश सराफ लगायतले सेवा प्रदान गरेका थिए ।
Facebook Comments Box











