search

आजपा अध्यक्ष साहद्वारा गृहमन्त्रीको राजीनामा माग

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ कात्तिक । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन् । शनिवार पर्सा जिल्लाको पर्सागढीमा दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले गृहमन्त्री अर्यालको भूमिका शंकास्पद रहेको आरोप लगाउँँदै तत्काल राजीनामा माग गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका साहले सरकारमाथि युवा बलिदानप्रति निष्क्रिय भएको भन्दै कडा टिप्पणी गरे। भदौ २३ गते युवाहरूको छाती र टाउकोमा गोली हानियो। ती हत्यारालाई अहिलेसम्म कारबाही गर्न नसक्ने यो सरकारको औचित्य समाप्त भएको उनले बताए । गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनका क्रममा युवामाथि भएको ‘नरसंहार’मा संलग्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अझैसम्म पक्राउ नगर्नु दुर्भाग्यपूर्ण भएको पनि बताए । साहले वर्तमान सरकार युवाहरूको बलिदानको अपमान गरेको र हत्यारालाई बचाउने प्रयास गरेको आरोप लगाउँँदै भने, “सरकार बनेको यति समय बितिसक्यो, तर हत्यारूमाथि कारबाही गर्न नसक्नुको साटो उल्टै बालेन शाह र सुदन गुरूङजस्ता आन्दोलनकारीविरूद्ध जाहेरी दर्ता गरिन्छ। अब यिनीहरूलाई कुर्सीमा बस्ने नैतिकता छैन। यदि सरकारले हत्यारालाई कारबाही गरेन भने जनता स्वयंले कारबाही थाल्नेछन।” एमाले अध्यक्ष ओलीको राक्षसी प्रवृत्तिले देशलाई दुर्घटनातर्फ धकेलेको टिप्पणी गर्दै अहिलेको सरकार “हत्याराको सेवामा समर्पित” रहेको पनि बताए। कार्यक्रममा साहले पर्सा जिल्लाको दीर्घकालीन विकासका मुद्दा पनि उठाए। उनले वीरगंजलाई देशको आर्थिक राजधानी बनाउने, नारायणी अस्पताललाई मेडिकल कलेज, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय र नारायणी रंगशालालाई विश्वस्तरीय खेल मैदान बनाउने माग राखे। साथै उनले विगतका मन्त्री बनेका स्थानीय नेताहरूले जिल्लाको विकासमा ध्यान नदिएको आरोप पनि लगाएका छन् ।
Facebook Comments Box

ताजा खबर

नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ २१ कात्तिक । हङकङ सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads