वीरगंज, १० कात्तिक । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको व्यापक सरूवा गरेको छ। सोही निर्णय अनुसार पर्सा जिल्लाका प्रजिअ तोयनारायण सुवेदीको सरूवा अर्घाखाँचीमा गरिएको छ भने उनको स्थानमा भोला दाहाल नयाँ प्रजिअ भएका छन् ।
प्रजिअ सुवेदीले पर्सामा जिम्मेवारी सम्हालेको दुई महिनामै बदली भएका हुन । सुवेदीको कार्यकाल छोटो रहे पनि उनले पर्सा जिल्लामा प्रशासनिक संयोजन, सीमा व्यवस्थापन र स्थानीय निकायबीच सहकार्यमा उल्लेखनीय पहल गरेका थिए। तर उनको आकस्मिक सरूवाले जिल्लावासीमा चर्चा हुन थालेको छ ।
गृह मन्त्रालयले सुवेदीको स्थानमा दोलखाका प्रजिअ भोला दाहाललाई पर्सा पठाएको छ। दाहाल अब पर्सा प्रशासनको नेतृत्व सम्हाल्नेछन् । मन्त्रालय स्रोतका अनुसार यो सरूवा नियमित प्रशासनिक समायोजनसँगै केही जिल्लामा देखिएका चुनौतीहरू सम्बोधन गर्ने उद्देश्यले गरिएको हो ।
यस्तै, बाराका प्रजिअ प्रकाश पौडेललाई भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको क्षति छानबिन गर्ने विशेष जिम्मेवारीसहित मन्त्रालयभित्र सरूवा गरिएको छ। उनको स्थानमा सुनसरीका प्रजिअ धर्मेन्द्र कुमार मिश्र बारामा आएका छन।
त्यसैगरी, सर्लाहीका प्रजिअ तुलसी बहादुर श्रेष्ठ गोरखा सरूवा भएका छन् भने गोरखाका रामु राज कँडरिया सर्लाही आएका छन। सिरहाका प्रजिअ बसन्त अधिकारी मकवानपुर गएका छन् र बर्दियाका सुरेन्द्र पौड्याल सिरहामा जिम्मेवारी सम्हाल्नेछन।
महोत्तरीका प्रजिअ नारायण प्रसाद रिसाल दोलखा सरूवा भएका छन्, जहाँबाट मोरड्ढा प्रजिअ इन्द्रदेव यादव महोत्तरी आएका छन। धनुषाका प्रजिअ शंकरहरि आचार्य सहसचिवका रूपमा गृह मन्त्रालय गएका छन् भने उदयपुरका प्रजिअ प्रेम प्रसाद लुईंटेलले धनुषाको जिम्मेवारी पाएका छन।
यसैगरी, रौतहटका प्रजिअ बिनोद कुमार खड्का धनकुटा सरूवा भएका छन् र उनको ठाउँमा सिन्धुलीका दिनेश सागर भुसाल रौतहट आएका छन।
गृह मन्त्रालयले गरेको यो व्यापक सरूवालाई प्रशासनिक सक्रियता र जिम्मेवारी सन्तुलनका दृष्टिले महŒवपूर्ण कदमका रूपमा हेरिएको छ।
		Facebook Comments Box
		











                                    