search

पत्रकार पटेलको छठ गीत सम्बन्धी म्युजिक भिडियो सार्वजनिक

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ कात्तिक । पत्रकार मनोज पटेलको शब्द र स्वरमा तयार गरिएको छठीमाईको भोजपुरी गीत सार्वजनिक गरिएको छ । नेपाल पोस्ट मिडिया प्रा.लि.को युट्युब च्यानल “नेपाल पोस्ट डेली” मार्फत शनिवार साँझ सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो वीरगंजको घडिअर्वा पोखरी र कलैयास्थित सिद्धेश्वर माध्यमिक विद्यालय परिसरको पोखरी (छठीघाट) लगायतका स्थानमा छायांकन गरिएको छ। नेपाल पोस्ट मिडिया प्रालि.का प्रबन्ध निर्देशक सन्तोष साहका अनुसार पत्रकार पटेलले गीतका शब्द लेख्नुका साथै स्वर पनि स्वयम् दिएका छन। गीत सुमधुर बनेको र दर्शक–श्रोता बीच राम्रो प्रतिक्रिया पाइरहेको जानकारी दिए।
पत्रकारितासँगै गायनमा पनि रूचि राख्ने पत्रकार पटेलले गीत सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा उल्लेखनीय प्रतिक्रिया पाइरहेको बताए। गीतमा विशेष गरी सूर्य देवलाई छठी व्रती महिलाहरूको तर्फबाट छिटो उदाउन अनुरोध गरिएको सन्देश प्रस्तुत गरिएको छ।
म्युजिक भिडियोमा पत्रकार बिनोद पटेल, बबिता पटेल, सन्ध्या साह, अमिता पटेल, र मनोज पटेल स्वयंले अभिनय गरेका छन। भिडियो नेपाल पोस्ट मिडिया प्रा.लिका अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पनि हेर्न सकिनेछ।
गीत हेरेपछि नेपाल पत्रकार महासंघ पर्साका उपाअध्यक्ष भुषण यादवले पत्रकारहरूले तयार पारेको छठीमाताको गीत र म्युजिक भिडियो अत्यन्त मनपरेको प्रतिक्रिया दिएका छन।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads