काठमाडौं, १० कात्तिक । नेपाल प्रहरीमा रिक्त रहेको डीआइजीका पाँच पदमा भएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवामा विवादास्पदहरूले नै प्राथमिकता पाएका छन।सबैभन्दा सिनियर रहेका एसएसपी शारदा प्रसाद चौधरी यसपटक पनि बढुवामा छुटेका छन।
त्यस्तै, ११२ को टोलीबाट पहिलो नम्बरमा रहेको विश्व अधिकारीमाथि अन्याय भएको छ । जेनजी आन्दोलन हुँदा काठमाडौं परिसरको प्रमुख रहेको आधारमा उनलाई छुटाइएको छ । जबकी त्यो घटनामा उनको भूमिकावारे छलफल नै भएको छैन ।
अधिकारीलाई छुटाएर भूपेन्द्र खत्रीलाई पहिलो नम्बरमा राखिएको छ। विगतमा नेविसंघको राजनीति गरेका खत्री कांग्रेस नेता पूर्णबहादुर खड्काको विश्वासपात्र मानिन्छन् ।
त्यस्तै, दोस्रो नम्बरमा बढुवा गरिएका सानुराम भट्टराई केपी ओलीका पूर्वपिएसओ हुन। कार्यक्षमतामा कमजोर भट्टराईमाथि राष्ट्रिय मानव अधिकार आयोगले समेत छानविन गरिरहेको छ । यसरी राजनीतिक सन्तुलन मिलाउन उनीहरूलाई बढुवा गरिएको आशंका गरिएको छ ।
तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथोमा शेखर खनाल र पाँचौमा अविनारायण काफ्ले परेका छन। सो ब्याचका सोमेन्द्रसिंह राठौरलाई छुटाएर काफ्लेलाई बढुवा गरिएको छ ।
काफ्ले आईजीपी चन्द्रकुबेर खापुड्ढा गाउँँले हुन। सोही निकटताका आधारमा उनले काफ्लेलाई बढुवामा पारेर सिनियर र क्षमतावान अधिकृतमाथि अन्याय गरेका छन् ।अझ बढुवामा एक जना पनि महिला राखिएको छैन । तारादेवी थापा र गंगा पन्त बढुवाका दाबेदार थिए। दुवै जनालाई छुटाइएको छ ।

Facebook Comments Box