search

बलिरामपुरमा ३० जनाले गरे रक्तदान

पढ्न छुटाउनुभयो ?

वीरगंज ११ कार्तिक । छठ पर्वको अवसरमा सामाजिक विकास सेवा समिति तथा बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विश्रामपुर गाउँँपालिका–८ बलिरामपुरमा सम्पन्न कार्यक्रममा दीपा ठाकुर, सन्तोष कुमार महतो, छठू महतो, राम महतो केवट, अभिनाश गुप्ता, सन्तोष प्रसाद कलवार, दुखाराम महतो, भोला प्रसाद साह, सेशनाथ महतो, गौतम कुमार, राहुल महतो केवट, प्रदीप कुमार गुप्त लगायत ३० जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता, नेपाल रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा र नितेश कुमार लगायतका टोलीले प्राविधिक सहयोग गरेका थिए। सामाजिक विकास सेवा समितिका अध्यक्ष प्रदीप कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डा. मुकेश चतुर्वेदी, बलिरामपुर युवा क्लबका अध्यक्ष शिवम गुप्ता, समाजसेवी राजेन्द्र भट्टराईको उपस्थिति थियो।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads