वीरगंज, १४ कात्तिक । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष ४६ वर्षीय निरज साह तेलीको निधन भएको छ । क्यान्सरबाट ग्रसित उनको उपचारको क्रममा वीरगंजस्थित नेसनल मेडिकल कलेजमा निधन भएको परिवारजनले बताए । उनी वडाध्यक्ष पदमा कांग्रेसबाट निर्वाचित भएका थिए । गाउँँपालिका अध्यक्ष अशोक कुमार जयसवालले एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते शोक बिदा घोषणा गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू तथा गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी निकायहरू बन्द रहने साथै स्वर्गीय साहको सम्झनामा राष्ट्रिय झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरिएको छ ।
Facebook Comments Box











