search

उपचार खर्च तिर्न नसक्दा शव फ्रीजमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ कात्तिक/

पर्सामा परिवारले उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमै राखिएको छ । बहुदरमाई नपा–४ डोकेला बहुअरीका ५५ वर्षीय महेन्द्रप्रसाद यादवको शव वीरगंज गण्डकस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलको फ्रीजमा राखिएको मृतकका भतिजा रमेश यादव बताउँछन् ।

गत असोज १८ गते साँझ ५ बजे डोकेला चोकमा पैदल हिंडिरहेको बेला बहुदरमाई नपा–१ ध्यानसिंह पिपरा बस्ने मन्देश साह तुरहा सवार मोटरसाइकले निजलाई ठक्कर दिएको थियो । तीनजना सवार मोटरसाइकल पनि ठक्करपछि मृतकको शरीरमा लडेको थियो । त्यसपछि उनी गम्भीर घाइते भई विगत १७ दिनदेखि अस्पतालमा उपचारार्थ भर्ना थिए ।

निजको टाउकोको शल्यक्रिया गरी उपचार गर्दा समेत उनको मृत्यु गएको मृतकका आफन्तजन बताउँछन् । ठक्कर दिने तुरहाले डेढ लाख उपचार खर्च र परिवारजनले गरी हालसम्म दुई लाख मात्रै अस्पतालमा जम्मा गरिएको छ । तर अस्पतालमा कुल नौ लाख उपचार खर्च भएको देखिन्छ ।

मृतकको परिवारजनको आर्थिक अवस्था निकै कमजोर रहेकोले आफन्तजनले सहयोग गर्दा जम्मा डेढ लाख मात्रै पुगिरहेको बताइएको छ । परिवारजनले पर्सा प्रहरीलाई तुरहालाई तत्काल पक्राउ गरी उपचार खर्च र क्षतिपूर्ति दिलाउन पहल गरिदिन अपील गरेका छन् ।

यसै विषयमा अस्पतालको प्रशासन शाखाका विष्णु पटेलसँग बुझ्दा उनले अस्पतालले कानूनीरूपमा उपचार खर्च परिवारजनले बेहोर्ने गरी मन्जुरीनामा बनाइ सहीछाप भएपछि मात्र उपचार शुरू गरेको बताए । उपचार खर्च नतिर्दासम्म अस्पतालले शव फिर्ता नदिने उनले बताए ।

Facebook Comments Box

ताजा खबर

बृहत् वाम एकताबाट समाजवादी क्रान्तिकोे वातावरण बन्दैछ : संयोजक दाहाल

काठमाडौँ, १८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको...

सम्बन्धित खबर

- Advertisement -neelambads