वीरगंज १५ कात्तिक । दलित महिला संघ पर्साले महिलाको नेतृत्वका लागि अभियान नाराका साथ २ दिने प्रदेश स्तरीय महिला सञ्जालसँगको छलफल कार्यक्रम शुरु भएको छ । पहिलो दिन होटल वीरगंज गेटवेको सभाहलमा उदघाटन भएको कार्यक्रममा बारा, पर्सा र रौतहट जिल्लाका गरी ३० जना महिला नेतृ तथा प्रतिनिधिहरूको सहभागीता थियो । दलित महिला संघ पर्सा अध्यक्ष निला रामको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी महिलाहरूले प्रदेश र स्थानीय तहमा महिलाको राजनीतिक, सामाजिक र आर्थिक नेतृत्व सुदृढ गर्न आवश्यक नीति, कार्यक्रम र रणनीति सम्बन्धी विचार–विमर्श गरेका थिए। अध्यक्ष रामले दलित महिलाहरूले आफ्नो हक, अधिकार र पहिचानका लागि एकताबद्ध भयेर अझ सशक्त रूपमा अघि बढ्न आजको आवश्यकता रहेको जोड दिए । उनले महिलाको नेतृत्व बिना समावेशी विकास सम्भव छैन र समानता समृद्धि नआउने भएकोले यो छलफल अभियानको रूपमा अघि बढाइएको र यो र यस्ता गोष्ठी तालिमका कार्यक्रमहरू विभिन्न शहर गाउँँ सदरमुखरूमा लैजाने योजना बनाउदै रहेको जानकारी दिदै २ दिने छलफल कार्यक्रमको सहयोग हुने बताए ।
Facebook Comments Box











