वीरगंज, १५ कात्तिक । बारा उद्योग वाणिज्य संघ शाखा सिम्रौनगढको दशौं साधारणसभा तथा सातौं अधिवेशन शनिवार सम्पन्न भएको छ ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारले कार्यक्रमको उदघाटन गरेका थिए ।
बारा उद्योग वाणिज्य संघ, कलैयाका अध्यक्ष राजकुमार साहले सिम्रौनगढ ऐतिहासिक, धार्मिक र कृषि सम्भावनायुक्त क्षेत्र भएकाले यसको समग्र विकासका लागि स्थानीय तहबाट योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले उद्योग वाणिज्य संघको मुख्य समस्या सीमा क्षेत्र सम्बन्धी रहेको र यसको समाधानका लागि संघले अर्थमन्त्रीसम्म कुरा पुगेको जानकारी दिए ।
संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रामाशिष साह, कोल्हवीका अध्यक्ष रामु प्रसाइँ, निजगढका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष रामबाबु कुशवाहा, वडा अध्यक्ष अवधेश सहनी, समाजसेवी दिनदयाल मुखिया, रामएकवाल यादव, पत्रकार रामबाबु मेहता, रामेश्वर मेहता लगायतले मन्तव्य व्यक्त गरेका थिए।

		Facebook Comments Box