वीरगंज, १६ कात्तिक । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरले आइतवार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालको बिदाई तथा नयाँ आएका डिएसपी राजु कार्कीको स्वागत कार्यक्रम गरेको छ । वीरगंज–१०, आदर्शनगरस्थित ग्रीनसिटी सामुदायिक प्रहरी कार्यालयमा भएको कार्यक्रमको अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए ।
मायाको चिनो, खादा र मालासहित डीएसपी लम्सालको सम्मानपूर्वक बिदाई गरिएको थियो । प्रहरी प्रधान कार्यालय, नक्सालले हालै डीएसपी किशोर लम्साललाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रमुखको जिम्मेवारीसहित सरूवा गरेको छ। सेवा र जिम्मेवारी नै प्रहरीको पहिचान हो डीएसपी लम्सालले बिदाई कार्यक्रममा सम्बोधन गर्दै डीएसपी लम्सालले प्रहरी सेवालाई आफ्नो जीवनको अभिन्न अंश भएको बताए ।
उनले कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीको सक्रियता र तदारूकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण गर्न सकिन्छ। पीडक खुलेआम नहुन र पीडितले न्याय पाउन सकोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेका उनल बताए । कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौलागाईं, सञ्चारकर्मीहरू तथा विभिन्न सामाजिक अभियन्ताहरूको उपस्थिति थियो।

		Facebook Comments Box