search

छत ढलान गर्न नदिएको धनमति देवीको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज १७ कात्तिक । पर्सा,जगरनाथपुर गापा ५ मसिहानीमा एक जनाले अदालतको अन्तरिम आदेश लिदा समेत उनको घर निर्माणमा अवरोध सृजना भएको छ । सोही गाउँका रामचन्द्र साह तेलीको नवनिर्मित घरको छत ढलानमा स्थानीयले अवरोध सृजना गरिरहेको आरोप लगाइएको छ ।

वीरगंजमा पीडित परिवारले केही सञ्चारकर्मीहरुसंगको भेटघाटमा मसिहानीका मथुरा राउत कुर्मी,निजका छोरा विनोद राउत कुर्मी र जवाहिर साह तेली गरी तीन जनाले तीन महिनादेखि घरको छत ढलानको लागि मिक्चर मेशिन,बालुवा,सिमेन्ट,गिटी बोकेको सावारी साधन घर नजिकै सम्म लैजान दिन नदिएको तेलीको आरोप छ । रामचन्द्रकी पत्नी धनमति देवीले विगतको केही जग्गा खिचौला मुद्दाको रिस साधननको लागि केही छिमेकीले अवरोध सृजना गरिरहेको दुखेसो सुनाइन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी गर्दा समेत कुनै सुनवाई नभएको उनले बताइन् । पर्साका तत्कालिन एसपी गौत्तम मिश्राको समयमा समेत जिल्लामा गएर सबै कुरा राख्दा समेत हाल सम्म न्याय नपाएको उनको भनाई छ । गाउँको केही ठुला नेताको पहुचले गर्दा समान्य मानिसले न्याय नपाउने अवस्था रहेको सो परिवारले बताएको छ । यसैविषयमा पर्साका प्रहरी उपरीक्ष्क सुदिप राज पाठकसंग बु्झदा उनले यो काम स्थानीय सरकारको हो,यदि कुनै विवाद कुटपिट हुने अवसथा आयो भने मात्रै प्रहरीको हो भनेर उनले स्पष्टयाए । यस विषयमा गापा अध्यक्ष श्रीकान्त यादवले तेली परिवारको विवाद पुरानो भएको र दुई पक्षाको पुराना झगडाको कारण यो अवस्था आएको बताए । दुबैले एक आपसमा नमिले कसैलाई भलाई नहुने उनले बताए ।

रामचन्द्रले पनि विगतमा जवाहिरको घर ढलान गर्दा क्षति पु¥याएकोले जवाहिरको परिवारले पनि आफनो जग्गाबाट मालसमान बोकेको ट्रायक्टर जान नदिएको आफुले सुनेको उनले स्पष्ट पारे ।

Facebook Comments Box

ताजा खबर

बृहत् वाम एकताबाट समाजवादी क्रान्तिकोे वातावरण बन्दैछ : संयोजक दाहाल

काठमाडौँ, १८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको...

सम्बन्धित खबर

- Advertisement -neelambads