वीरगंज १७ कात्तिक ।
वीरगंज–१३ पावरहाउन नजिकै रहेको जिएचपी माविमा पुनः एक परिवारका तीन जना बच्चा वितेको त्रैमासिक परीक्षाबाट बञ्चित हुन परेको छ । वीरगंज–२३ प्रसौनीविर्ता घर भई हाल कक्षा ६ मा अध्ययनरत आरभ र युवराज यादव,कक्षा २ मा पढने आस्था यादव वितेको परीक्षाबाट बञ्चित भएको अभिभावकले गुनासो गरेका छन् ।
यसैविषयमा गत असोज अन्तिम साता ती अभिभावकले वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखामा लिखित उजुरी गरेपछि महाशाखाले यस घटनाको बारेमा छानबिन गरिरहेको छ । महाशाखामा उजुरी परेपछि गत असोज २६ गते महाशाखाले विद्यालयलाई पत्र लेख्दै तीन दिन भित्र जवाफ पेश गर्न निर्देशनसहितको पत्र पठाएको थियो । तर पत्रको जवाफ विद्यालयले हाल सम्म नदिदा महाशाखाले कार्तिक १६ गते आज पनि अर्को पत्र पठाएको अभिभावक बताउँछन् ।अभिभावकका अनुसार तीन जनाको शुल्क गरी करिब ७२ हजार बाँकी रहेको,आफुले तिर्न तयार हुदाँहदुै ५ परीक्षा मध्ये २ वटामा बच्चालाई सम्मिलित र ३ वटाबाट बञ्चित गराई बच्चालाई स्कूलको सेकुरिटी गार्डबाट घर पठाएको उनले बताए । यस्तो गर्दा आफनो समाजमा मानप्रतिष्ठामा आच पुगेको र बालबालिकाको मानसिक अवस्थामा समेत असर परेको उनको भनाई छ । नाम नबताउने शर्तमा उनले भने,‘अहिले देशकै आर्थिक अवस्था कमजोर छ,मेरो पैसा एक ठाउँ्रमा फसेको छ,आएपछि दिन्छु भन्दापनि विद्यालयले नमानेको उनले बताए ।
यस विषयमा विद्यालयकी सञ्चालिका रमिन्दर कौरसंग कुरा गर्दा तीन बच्चाको करिब एक लाख भन्दा बढि रकम बक्यौता रहेकोको अवस्थामा विद्यालयको खर्च धान्न नसकिने भएकोले यस्तो निर्णय गरिएको स्वीकार गरिन् । उनी बच्चाको परीक्षा पुनः गराउन सकिने र शुल्क पछि पनि तिर्न सकिने बताइन् । शुल्क उठाउन अभिभावकलाई दबाब स्वरुप त्यस्तो गर्ने गरेको तर अहिले बच्चा आयो भने अध्यापन गराउने बताइन् । बच्चाको शुल्कमै विद्यालयको खर्च निहित भएकोले अभिभावकले समयमा शुल्क तिर्न समेत उनले अनुरोध गरिन् ।











                                    