search

मध्यतराईमा अखण्ड अष्टयाम र लखराव यज्ञप्रति आकर्षण

पढ्न छुटाउनुभयो ?

रौतहट, १८ कात्तिकः तराई–मधेसका रौतहट, बारा, पर्सालगायत आसपासका क्षेत्रमा अखण्ड अष्टयाम र लखराव यज्ञजस्ता धार्मिक अनुष्ठानहरू लोकप्रिय बन्दै गएका छन् ।
पछिल्ला वर्षहरूमा विवाह, व्रतबन्ध, गृहप्रवेश, प्राणप्रतिष्ठा, यज्ञयज्ञाधिलगायतका शुभकार्यमा नाचगान, भोजभतेरसहित यस किसिमका धार्मिक अनुष्ठान गर्ने चलन बढ्दै गएको छ ।
मौलापुर नगरपालिका–४ का हरेकृष्ण तिवारीका अनुसार विशेषगरी माघदेखि असार महिनासम्म सूर्य उत्तरायणको समयमा गरिने विभिन्न शुभकार्यमा गर्ने चलन बढेको हो । यसो नगरिकन शुभकार्य गरेमा फल प्राप्ति नहुने विश्वाससहित अखण्ड अष्टयाम र लखराव अनिवार्य गर्न थालिएको उहाँले स्पष्ट गर्नुभयो । साथै धार्मिक सहिष्णुता, सामाजिक एकता र भाइचाराको सम्बन्ध विस्तारमा समेत यो चलन सहयोगी बनेको देखिन्छ ।
उक्त धार्मिक अनुष्ठान गर्नका लागि मात्र आर्थिक हैसियतअनुसार रु २५ हजारदेखि दशौँ लाखसम्म अतिरिक्त रकम खर्च हुनेगरेको बौधीमाई नगरपालिका–८ सरमुजुवाका निर्दलीप्रसाद जैसवाल बताउँनुहुन्छ । उहाँका अनुसार भजनकीर्तन मण्डली, ‘साउण्ड सर्भिस’, ‘टेन्ट’, भोजभतेरलगायतको व्यवस्थापनका क्रममा आयोजक पक्षले थप आर्थिक दायित्व व्यहोर्नुपरेको हो । यसैगरी मध्यतराईका गाउँ–बस्तीमा विवाहअघि भगवान महादेवलाई प्रसन्न पार्न रुद्री पाठ, बसाहा (गोरु) पूजा, र शिवलिङ्गको लखराव पूजा गर्ने चलन पनि बढेको देखिन्छ । यसका लागि २०–२५ जना पुजारीद्वारा माटोले बनाइएका एक लाख २५ हजार शिवलिङ्गको सामूहिक पूजा गरिने धार्मिक विधि रहेको सरमुजुवा गाविसका पूर्वअध्यक्ष रामलोचन जैसवाल बताउनुहुन्छ ।
सन्तान नहुने दम्पतीले भाकलसहित तीर्थव्रतपछि जन्मेका सन्तानको विवाहअघि भगवान् शङ्कर र विष्णुलाई खुसी पार्न २४सैँ घण्टा अखण्ड अष्टयाम आयोजना गर्ने चलन पनि यस क्षेत्रमा बढ्दै गएको देखिन्छ ।
दुःखकष्टबिना खोटरहित सकुशल सन्तानको जन्म भएमा वाचा गरिएअनुसार लखराव, अष्टयाम गर्ने चलन रहेको मौलापुर नगरपालिका–३ का ७३ वर्षीय अनिल ठाकुरले जानकारी दिनुभयो ।
गसैगरी पछिल्लो दशकमा हनुमानको आराधना गर्ने चलन पनि बढेको बौद्धिमाई नगरपालिका–८ पूर्ववडाध्यक्ष उपेन्द्र दास बताउनुहुन्छ । उहाँका अनुसार पहिले मङ्गलबार र शनिबार मात्र आरधना गरिँदैआएकामा हिजोआज हप्तामा सातै दिन सङ्गीतमय वातावरणसहित पूजाआजा र आरधना गर्ने चलन बढेको छ ।
यसकिसिमका धार्मिक क्रियाकलाप एवं अनुष्ठानका कारण देशको मध्यतराईस्थित रौतहट, बारा, पर्सालगायत आसपासका मधेसी समाजमा धार्मिक आस्था, मौलिक संस्कृति, आपसी सद्भावसहित भारचाराको सम्बन्ध विस्तारमा सहयोग पुगेको देखिन्छ । रासस
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads