search

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना गरिएको छ। पुनर्स्थापना केन्द्रमा उपचाररत विद्यार्थीहरूलाई उपचारसँगै डिजिटल सीप र जीवनपयोगी शिक्षाबाट सशक्त बनाउन ल्याब स्थापना गरिएको हो। मंगलबार वीरगञ्ज–परवानीपुरस्थित केन्द्र परिसरमा आयोजित कार्यक्रममा ल्याबको औपचारिक उद्घाटन गरिएको थियो। ल्याबमा विभिन्न विधाका पुस्तकसहितको पुस्तकालय र अत्याधुनिक कम्प्युटरहरूयुक्त कम्प्युटर ल्याब सञ्चालनमा आएको छ, जहाँ लागूऔषध दुरुपयोगविरुद्ध उपचाररत विद्यार्थीहरूलाई कम्प्युटर तथा डिजिटल सीप सिकाइनेछ। केन्द्रका प्रमुख भाजू राउत कुर्मीले उपचारका क्रममा रहेका विद्यार्थीहरूलाई पुनर्स्थापना पछि आत्मनिर्भर बनाउन आवश्यक सीप प्रदान गर्ने उद्देश्यअनुरूप ल्याब स्थापना गरिएको बताए। उनले केन्द्रले यसअघि पनि सीपमूलक तालिमहरू प्रदान गर्दै आएको र यो ल्याबले विद्यार्थीहरूलाई समयानुकूल सीप सिकाउने अवसर उपलब्ध गराउने विश्वास व्यक्त गरे। कार्यक्रममा सानो पाइलाका संस्थापक तथा युवा नेता कञ्चन झाले ल्याब स्थापनार्थ प्रारम्भिक सहयोग प्रदान गर्ने डन ग्रयाग प्रती धन्यवाद व्यक्त गर्दै सानो पाइलाका हरेक गतिविधिलाई सशक्त बनाउन डनको निरन्तर सहयोगले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले समुदायसँगको सहकार्यमा स्थापना गरिएको यो ल्याबले आशातीत नतिजा दिने विश्वास व्यक्त गर्दै पुनर्स्थापना केन्द्रका विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन यो महत्वपूर्ण पहल भएको बताए। त्यसैगरी वीरगञ्ज–२१ का पूर्व वडाध्यक्ष हबिब मियाँले सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रले लागूऔषध दुरुपयोगविरुद्ध उत्कृष्ट काम गर्दै आएको उल्लेख गर्दै, समस्या समाधानका लागि सानो पाइलासँग सहकार्य गर्न सधैं तयार रहेको बताए। उनले केन्द्रको स्थायी भवन निर्माणका लागि आवश्यक समन्वय गर्न पनि अग्रसर हुने प्रतिबद्धता जनाए। साथै, उनले केन्द्रमा खेलकुद गतिविधि विस्तारका लागि आवश्यक रकम केन्द्रका प्रमुख राउतलाई हस्तान्तरण गरे। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उपचाररत विद्यार्थीहरूको सशक्तिकरणका लागि सानो पाइलाले गरेको पहल प्रशंसनीय भएको बताए। उनले ल्याबमा समावेश गरिएको पुस्तकालयले विद्यार्थीहरूमा पठन संस्कृतिको विकासमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उद्योग वाणिज्य संघले सानो पाइलासँग सहकार्य गर्न सधैं तयार रहने बताए। कार्यक्रममा सानो पाइलाकी संस्थापक सदस्य डा. निशा झाले सानो पाइलाको जनमुखी सेवाबाट आफू प्रभावित भएको बताइन्। हाल बेलायतमा चिकित्सकीय सेवामा सक्रिय उनले ल्याबको थप विकासका लागि एक लाख रूपैयाँ सहयोग गर्ने घोषणा समेत गरिन्। उद्घाटन कार्यक्रम संस्थापक दिपक बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाकी संस्थापक सदस्य सुष्मा गौतम, मानवसेवा आश्रम मधेश प्रदेशका देवेश मानवसेवा, सामाजिक अभियन्ता रामक्षेत्री कोइरी, अभियन्ता ध्रुव साह, अभियन्ता रमिता कुशवाहालगायतको उपस्थिती रहेको थियो। संस्थाले ल्याबमा स्थापना गरिएको पुस्तकालयमा आवश्यक पुस्तकका सहयोगका लागि समुदायलाई आह्वान समेत गरेको छ। सोही अवसरमा केन्द्रले लागूऔषध दुर्व्यसनविरुद्धको परामर्शका लागि टोल–फ्रि नम्बर १६६०–५१–५२००३ पनि सार्वजनिक गरेको छ । नम्बरमार्फत इच्छुक व्यक्तिहरूले अब निःशुल्क परामर्श सेवाहरू प्राप्त गर्न सक्ने केन्द्रका प्रमुख कुर्मीले जानकारी दिए । केन्द्रले यस अवसरमा आफ्नो १७ वर्षको सेवा यात्रामा ४ हजार ५ सयभन्दा बढी व्यक्तिहरूलाई पुनर्स्थापना गर्न सफल भएको उत्सव पनि मनाएको थियो । केन्द्रले यस अवसरमा आफ्नो १७ वर्षको सेवायात्रामा ४ हजार ५ सयभन्दा बढी व्यक्तिहरूलाई पुनर्स्थापना गर्न सफल भएको उत्सव पनि मनाएको छ।
Facebook Comments Box

ताजा खबर

बाराको त्रिवेणीमा कात्तिक स्नानको भीड

वीरगंज १९ कार्तिक । बारा जिल्लाको त्रिवेणीघाटमा आज बिहानैदेखि कार्तिक स्नान गर्नेहरुको भीड लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा भक्तजनहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads