अब परिवर्तन आवश्यक छ : लालु यादव

वीरगंज,कार्तिक २० भारतको बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवले पहिलो चरणको बिहार विधानसभाको चुनावमा मतदान गरेका छन्। मतदानपछि यादवले आफ्नी पत्नी तथा पूर्व मुख्यमन्त्री राबडी देवी, बिहार विधानसभाका उम्मेदवार र छोरा तेजस्वी यादवसहितको तस्बिर एक्स (पूर्व ट्विटर) मा सार्वजनिक गर्दै परिवर्तनको आवश्यकता रहेको बताएका छन्। उनले लेखेका छन्, “२० साल बहुत हुआ! अब युवा और नए बिहार के लिए तेजस्वी सरकार अति आवश्यक है।”
सम्बन्धित पोस्टहरुः