search

पोखरीमा १२ वर्षीय बालकको शव भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ कात्तिक । पर्सा जिल्लामा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ।
वीरगंज महानगरपालिका वडा नं २८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर बाराको विश्रामपुर गाउँँपालिका वडा नं ५ मुशहरवा बस्ने कन्हाई साहको १२ वर्षीय छोरा शनी कुमार साहको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
शुक्रवार बिहान १० बजेतिर एकजना बालकको डुबेको जानकारी स्थानीयवासीले सशस्त्र प्रहरीलाई दिएपछि सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प बेलवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा ५ जना, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव यादवको कमाण्डमा ७ जनाको उद्धार टोली र वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक नवीन थापाको कमाण्डमा प्रहरीको टोली खटिएको थियो ।
उद्धार टोलीले खोजी कार्यपछि बालकको शव पोखरीबाट बाहिर निकालेर आवश्यक कानूनी प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाएको जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

महिला मिसनद्वारा कपडा बैंकलाई कपडा सहयोग

वीरगंज, २१ कात्तिक । जागृति महिला मिसन वीरगंजले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । मिसनकी अध्यक्ष सुधा मिश्राको...

सम्बन्धित खबर

- Advertisement -neelambads