search

नेपाल–भारत सीमा नाकामा आवागमन बन्द हुने

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज , कार्तिक — २२
भारतको बिहार राज्यमा आगामी नोभेम्बर ११ (मङ्गलबार) का दिन हुने विधानसभाको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा नाकामा अस्थायी रूपमा आवागमन बन्द गरिने भएको छ।

पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार सीमा क्षेत्रमा शान्ति–सुरक्षा सुनिश्चित गर्न आज साँझ ६:०० बजेदेखि कात्तिक २५ गते साँझ ६:०० बजेसम्म आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।

नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (BDCC)को बैठकमा भएको सहमति अनुसार उक्त निर्णय कार्यान्वयन गर्न लागिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

बिहारको सिटामढी, पूर्वी चम्पारण लगायतका सीमावर्ती क्षेत्रमा हुने मतदानका कारण सीमा क्षेत्रमा हुने सम्भावित अवाञ्छित क्रियाकलाप रोक्नका लागि यो व्यवस्था गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले जानकारी दिनुभयो।

निर्वाचनको मतदान प्रक्रिया सकिएपछि सीमा पुनः नियमित रूपमा खोलिने जनाइएको छ।

Facebook Comments Box

ताजा खबर

फागुन २१ गते चुनावको लागि केन्द्र सरकार तयार– कृषिमन्त्री परियार

राधेश्याम पटेल वीरगंज, २२ कात्तिक। कृषिमन्त्री मदन परियारले फागुन २१ गतेको घोषणा गरिएको चुनावको लागि केन्द्र सरकार प्रतिबद्ध रहेको बताएका...

सम्बन्धित खबर

- Advertisement -neelambads