search

हङकङ सिक्सेसमा नेपालद्वारा भारत ९२ रनले पराजित

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक — २२
हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई ९२ रनले हराएको छ। बाउल लिग अन्तर्गत शनिबार भएको खेलमा नेपालले दिएको १३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारत ४५ रनमै अलआउट भयो।
भारतका भरत चीप्ली र प्रियङ्क पञ्चलले समान १२–१२ रन बनाए। नेपालका राशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिँदा बसिर अहमदले २ र रुपेश सिंहले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित पाँच ओभरमा कुनै विकेट नझारी १३७ रन बनायो। नेपालका राशिद खानले आक्रामक ५५ रन, सन्दीप जोराले ४७ रन र लोकश बमले अविजित ३१ रनको योगदान दिए।
यसअघि बिहानको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो। समूह चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग हारपछि नेपाल बाउल लिगमा पुगेको हो।
बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भए पनि भारतविरुद्ध शानदार जित दर्ता गरेको हो। हङकङमा जारी यो प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ।
Facebook Comments Box

ताजा खबर

मानव अधिकार शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम

वीरगंज, २३ कात्तिक । एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंजले मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आइतवार होटल वृन्दावनमा सम्पन्न...

सम्बन्धित खबर

- Advertisement -neelambads