search

पूर्वमन्त्री अफताब आलमको पार्थिव शरीर जन्मगाँउ राजपुरमा

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक — २२
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री स्व. मोहम्मद अफताब आलमको पार्थिव शरीर आज बिहान काठमाडौँबाट रौतहटको राजपुर नगरपालिका–४ स्थित जन्मगाउँ राजपुरमा ल्याइएको छ।
बुधबार बिहान काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा ६३ वर्षीय आलमको निधन भएको थियो। स्वास्थ्य अवस्था लगातार बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। निधनपछि उनको पार्थिव शरीर आज विशेष सवारीमार्फत गृहजिल्ला ल्याइएको हो।
राजपुर गाउँ पुगेपछि स्थानीय बासिन्दा, राजनीतिक दलका कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूको ठूलो भीड अन्तिम दर्शनका लागि जुटेको छ। गाउँभर शोकको वातावरण छ।
स्व. आलमले २०५६ र २०६४ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए। उनी पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका निकट सहयोगीका रूपमा चिनिन्थे। श्रम तथा रोजगारमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका उनले मधेसी–मुस्लिम समुदायको सशक्त आवाजको रूपमा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान बनाएका थिए।
२०७६ सालमा रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा संलग्नताको आरोपमा उनी पक्राउ परेका थिए र करिब ६ वर्ष जेल जीवन बिताएका थिए। त्यस क्रममा उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका क्रममा केएमसीमा निधन भएको परिवारले जनाएको छ।
उनको अन्त्येष्टि आजै राजपुरमै धार्मिक परम्पराअनुसार सम्पन्न गरिने तयारी भएको छ। नेपाली कांग्रेस, स्थानीय नेताहरू र मुस्लिम समुदायले उनको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन्।
Facebook Comments Box

ताजा खबर

मानव अधिकार शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम

वीरगंज, २३ कात्तिक । एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंजले मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आइतवार होटल वृन्दावनमा सम्पन्न...

सम्बन्धित खबर

- Advertisement -neelambads