जनकपुर , कार्तिक —२२
नेकपा माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले शनिबार प्रदेशसभा बैठकमा आफ्नै अनुहारमा मोसो दलेर दलहरूको नैतिक धरातल कमजोर भएको भन्दै कडा आलोचना गरेका छन्।
मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिँदै गर्दा समय मागेर बोल्न थालेका अन्सारीको माइक सभामुख रामचन्द्र मण्डलले काटेपछि उनले विरोधस्वरूप अनुहारमा मोसो दलेका थिए।
सांसद अन्सारीले भने, “जेन–जी आन्दोलनले व्यवस्था त बदलियो, तर अवस्था भने फेरिएन। आज म सार्वजनिक अपराध स्वीकार गर्न आएको छु। म पक्ष र विपक्ष दुवैमा मतदान गर्दिनँ, कुनै पनि पार्टीको कुरा मान्दिनँ।”
उनले मधेसका ६४ लाख जनताको अवस्था परिवर्तन नहुँदा आक्रोश व्यक्त गर्दै दलका नेताहरूको चरित्र जेन–जी आन्दोलनपछि पनि नफेरिएको टिप्पणी गरे। अन्सारीले थपे, “मुख्यमन्त्री सोनलको सरकार प्रदेशका सांसदहरूले होइन, केन्द्रको आदेशमा बनेको हो। सांसद र दलहरूको नैतिक धरातल सकिएको छ।”
उनको यस्तो आत्मविरोध प्रदर्शन र वक्तव्यपछि प्रदेशसभा बैठक केही समय अवरुद्ध बनेको थियो। घटनाले मधेस प्रदेशसभामा राजनीतिक तरङ्ग पैदा गरेको छ।

Facebook Comments Box