search

विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री सोनलद्वारा राजीनामा

पढ्न छुटाउनुभयो ?

जनकपुर , कार्तिक – २२
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार राजीनामा दिएका छन्। विश्वासको मतको प्रक्रियाबीच उनले प्रदेशसभा सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा बुझाएका हुन्।
आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै गर्दा मुख्यमन्त्री सोनललाई आवश्यक समर्थन नपाइने संकेत देखिएपछि उनी बैठकबाट बाहिरिएका थिए। करिब १० मिनेटका लागि स्थगित गरिएको बैठक डेढ घण्टा बित्दा पनि पुनः सुचारु नभएपछि उनले औपचारिक रूपमा राजीनामा दिएका हुन्।
सोनल **लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)**का नेता हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले ६ दलको समर्थनमा ५७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकार गठनको दाबी पेश गरेका थिए।
सोनलको राजीनामासँगै मधेस प्रदेशमा पुनः राजनीतिक अनिश्चितता सुरु भएको छ। अब नयाँ सरकार गठनको प्रक्रिया संविधानको धारा १६८(३) अनुसार अघि बढ्ने अपेक्षा गरिएको छ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह

जनकपुरधाम, २३ कात्तिकः नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा...

सम्बन्धित खबर

- Advertisement -neelambads