search

भारतबाट औषधि तस्करी गर्ने एक युवक पर्सामा पक्राउ, ९ लाखभन्दा बढीका औषधि बरामद

पढ्न छुटाउनुभयो ?

पर्सा , कार्तिक — २३ भारतबाट अवैध रूपमा औषधि तस्करी गर्दै आएका एक युवकलाई सशस्त्र प्रहरीले पर्सामा नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा गस्तीका क्रममा भारततर्फबाट टाउकोमा औषधि बोकेर नेपालतर्फ आउँदै गरेका एक युवकलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरका १८ वर्षीय हरिओम कुमार पासवान हुन्। प्रारम्भिक अनुसन्धानमा उनले भारतबाट विभिन्न प्रकारका मानव स्वास्थ्यसम्बन्धी औषधि तस्करी गर्दै आएको खुलेको छ।
शनिबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको सात जनाको मोबाइल टोलीले उक्त औषधि बरामद गरेको हो। बरामद औषधिको बजार मूल्य करिब *९ लाख ५८ हजार ९ सय १३ रुपैयाँ* रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वार्टरका सूचना अधिकारी डिएसपी विश्वराज योन्जनका अनुसार, पक्राउ परेका पासवानलाई बरामद औषधिसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
Facebook Comments Box

ताजा खबर

प्रदेश प्रमुखले मधेशको अस्मितालाई समाप्त पार्ने खेल खेलिन् : जितेन्द्र सोनल

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता...

सम्बन्धित खबर

- Advertisement -neelambads