search

मधेसमा नयाँ सरकार गठनबारे बहस : धारा १६८(२) दोहोरिने कि १६८(३) लागू हुने ?

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक — २३
मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल)ले संसद्मा विश्वासको मत नलिई राजीनामा दिएपछि अब नयाँ सरकार गठनका लागि संविधानको धारा कुन लागू हुन्छ भन्ने विषयमा कानुनविद् र दलबीच बहस सुरु भएको छ।

संविधानविद् चन्द्रकान्त ज्ञवालीका अनुसार, धारा १६८(२) अनुसार नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाए वा राजीनामा दिएपछि अब संविधानको धारा १६८(३) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ। उनले भने, “सुदूरपश्चिम र गण्डकीमा सर्वोच्चले यस्तै अवस्थामा १६८(३) लागू हुने नजिर कायम गरिसकेको छ। एउटै धारा दोहोरिएर प्रयोग गर्न नमिल्ने भएकाले अब ठूलो दलको नेता मुख्यमन्त्री बन्ने बाटो खुल्छ।”

तर अर्का कानुनविद् टीकाराम भट्टराईले भने यस्ता अवस्थामा पनि धारा १६८(२) नै लागू हुने बताउँछन्। उनको भनाइमा, “मुख्यमन्त्रीले विश्वासको मत नलिएर राजीनामा दिए पनि धारा १६८(२) अनुसार फेरि नयाँ गठबन्धनको आधारमा सरकार बन्न सक्छ। १६८(३) मा जानु पर्ने अवस्था त्यतिबेला मात्रै आउँछ जब १६८(२) अनुसार सरकार बनाउने अवस्था नै नहोस।”

मुख्यमन्त्री सोनलले असोज २९ गते धारा १६८(२) अनुसार जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एकीकृत समाजवादी गरी पाँच दलका ५६ सांसदको समर्थनमा सरकार गठन गरेका थिए।
तर, विश्वासको मत नपाउने निश्चित भएपछि उनले शनिबार संसद्मा प्रक्रिया सुरु हुनुअघि नै राजीनामा दिएका हुन्।२५ दिनमै ढलेको सोनल नेतृत्वको सरकारसँगै मधेसमा पुनः सत्ता समीकरणको दौड सुरु भएको छ।

Facebook Comments Box

ताजा खबर

प्रदेश प्रमुखले मधेशको अस्मितालाई समाप्त पार्ने खेल खेलिन् : जितेन्द्र सोनल

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता...

सम्बन्धित खबर

- Advertisement -neelambads