काठमाडौं , कार्तिक – २३
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेटको गुणस्तर सुधार्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेटको गुणस्तर सुधार्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।
आइतबार टेलिकमका प्रतिनिधिसँगको छलफलमा मन्त्री खरेलले देशका धेरै स्थानमा मोबाइल नेटवर्क नपुग्ने समस्या बढिरहेको गुनासो आएको भन्दै कभरेज विस्तार र बिग्रिएका साइटको मर्मतमा तत्काल ध्यान दिन निर्देशन दिएका छन्। उनले नेटवर्क समस्या सम्बन्धी गुनासो मन्त्री र सचिवसम्म पुग्नु विडम्बना भएको उल्लेख गर्दै आवश्यक सुधार गर्न टेलिकमलाई आग्रह गरे।
मन्त्री खरेलले टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रिय जस्तै भएको र त्यसलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको बताए। उनले टेलिकमका लागि कार्यविधि तयार गर्न सरकार पहल गरिरहेको जानकारी पनि दिएका छन्।














