search

लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरबाट रिभल्वर बरामद

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २३ कात्तिकः प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका काठमाडौँ महानगरपालिका–१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाहीको घर पछाडि लुकाइराखेको रिभल्वर एक थान तथा गोली दुई राउण्ड र सुजनको घरमा लुकाइराखेको रिभल्वर एक थान तथा गोली चार राउण्ड फेला पारेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो टोली र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको थियो, थप अनुसन्धानका क्रममा उनीहरुको घरबाट शनिबार रिभल्वर दुई थान र गोली बरामद गरिएको छ ।” उक्त विषयमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । रासस
Facebook Comments Box

ताजा खबर

जेनजी आन्दोलनका क्रममा काठमाडौंबाट फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एकजना कर्तव्य ज्यान...

सम्बन्धित खबर

- Advertisement -neelambads