search

मानव अधिकार शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ कात्तिक । एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंजले मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आइतवार होटल वृन्दावनमा सम्पन्न गरेको छ । समूह–१६ वीरगंजका अध्यक्ष रजनीश झाको अध्यक्षतामा भएको कार्यक्रममा एमनेस्टी इन्टरनेशनल सचिवालयबाट आएका कुन्दन राज शर्माले प्रशिक्षण दिंदै विश्वभरका मानव अधिकारका मापदण्ड, नेपालमा मानव अधिकारको अवस्था र नागरिक सरोकारका विषयमा जानकारी दिएका थिए। कार्यक्रममा विभिन्न संघ–संस्था र मानव अधिकारकर्मी गरी ३५ जना सहभागीहरूलाई मानव अधिकारको सिद्धान्त, उल्लंघन रोकथामका उपाय र अधिकारको संरक्षणमा नागरिकको भूमिकावारे व्यावहारिक प्रशिक्षण दिइएको थियो । कार्यक्रममा समूहका पूर्व संयोजक राजेश बोथरा, पत्रकार अभिलाष गुप्ता, अनिल ओझा, संतोष कुश्वाहा, एमनेस्टी समूह–१६ वीरगंजका पूर्व अध्यक्ष प्रकाश बाहेती र दलित महिला संघ वीरगंजकी अध्यक्ष निलाराम लगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

जेनजी आन्दोलनका क्रममा काठमाडौंबाट फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एकजना कर्तव्य ज्यान...

सम्बन्धित खबर

- Advertisement -neelambads