search

शिक्षक–प्राध्यापक राजनीतिक गतिविधिमा संलग्न भए कारबाही- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २३ कात्तिकः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासङ्घ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका सङ्गसङ्गठन गैह्रराजनीतिक चरित्रको बनाउन आह्वान गर्नुभएको छ ।
मन्त्री पुनले आज विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको ट्रेड युनियन सङ्गठन हुनुपर्ने र उनीहरुले पेसागत हकहितका लागि सामूहिक सौदाबाजी गर्न पाउनुपर्नेमा आफू स्पष्ट भएको तर राजनीतिक दलको जनसङ्गठन तथा शुभेच्छुक संस्थामा रहेका शिक्षक–प्राध्यापक सङ्गठनलाई आफूले मान्यता नदिने बताउनुभयो ।
मन्त्री पुनले आफूलाई विभिन्न माध्यमबाट प्राप्त सुझाव र गुनासोमा शिक्षक–प्राध्यापकले आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भई शैक्षिक गुणस्तरमा प्रतिकूल असर परेको पाइएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
“आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने छ”, विज्ञप्तिमा भनिएको छ । रासस
Facebook Comments Box

ताजा खबर

जेनजी आन्दोलनका क्रममा काठमाडौंबाट फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एकजना कर्तव्य ज्यान...

सम्बन्धित खबर

- Advertisement -neelambads