search

जेनजी आन्दोलनका क्रममा काठमाडौंबाट फरार कैदी वीरगंजबाट पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एकजना कर्तव्य ज्यान मुद्दा फरार कैदीलाई पक्राउ गरेको जनाएको छ । सूचनाको आधारमा वीरगंज महानगरपालिका वडा नं.८ बस्ने वर्ष ३७ को दिपक कुमार महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतबाट २५ वर्ष कैद तोकिएका कसूरदार मिति २०८२।०५।२४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार जगनाथदेवल, काठमाण्डौबाट फरार भई गाउँघरमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा आइतवार ४ पक्राउ गरी कारागार कार्यालय वीरगंज पठाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

नक्कली भ्याट बिलमार्फत ठगी कार्य बढेपछि पर्सा प्रहरी सक्रिय

वीरगंज, २३ कात्तिक । नक्कली भ्याटबिल बनाई ठगी गर्ने घटना बढेपछि पर्सा प्रहरी सक्रिय भएको छ । आइतवार जिल्ला...

सम्बन्धित खबर

- Advertisement -neelambads