बारा , कार्तिक — २४
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पथलैया–निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाउँदा एक ट्रक चालकको मृत्यु भएको छ।
आइतबार बेलुकादेखि नै राजमार्ग क्षेत्रमा देखिएको हात्तीले सोमबार बिहान सवारी चालक र यात्रुहरूबीच त्रास सिर्जना गरेको थियो। बिहान करिब ८ बजे ना ४ ख १८३० नम्बरको ट्रकमाथि हात्तीले आक्रमण गरेको हो।
ट्रकबाट हाम्फालेर भाग्ने प्रयास गर्ने क्रममा हात्तीको आक्रमणबाट जितपुरसिमरा–१ निवासी करिब ४० वर्षीय चालक राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले पुष्टि गरेको छ।
बेलुकादेखि हात्तीको आतंक मच्चिएपछि प्रशासनले राजमार्ग प्रयोग गर्ने सवारीसाधनलाई वैकल्पिक बाटो अपनाउन आग्रह गरेको थियो। तर, केही चालकले निर्देशन पालना नगर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
हात्ती पथलैया र निजगढ बीचको पिलुवा क्षेत्र वरिपरि सक्रिय रहेको र स्थानीय बासिन्दा पनि त्रासमा परेको जनाइएको छ।
राजमार्ग क्षेत्रमा आतंक मच्चाउने हात्तीलाई धपाउनका लागि बारा र चितवनबाट वनकर्मी तथा सुरक्षाकर्मी सहितको टोली हात्तीको सहयोगमा परिचालन गरिएको छ। प्रहरीका अनुसार, हात्ती नियन्त्रणको प्रयाससँगै सोमबार दिउँसो १२स्३० पछि राजमार्गमा सवारी सञ्चालन सुचारु भएको छ।

Facebook Comments Box