रौतहट , कार्गौतिक – २४
रौतहटको गौर नगरपालिका–५, बरहवा पुलस्थित बरहवा खोलामा बेपत्ता रहेका युवकको शव दुई दिनपछि फेला परेको छ।
चन्द्रपुर नगरपालिका–६ का सुरेश महतो कहारको २० वर्षीय छोरा, सुनिल कुमार कहारको शव सोमबार बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिनुभयो।
प्रहरीका अनुसार शव पानीमा घोप्टो परी तैरिरहेको अवस्थामा फेला परेको थियो।
कार्तिक २२ गतेदेखि बेपत्ता रहेका सुनिल कुमारको खोजीका लागि आफन्तले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएका थिए।
कहारको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

Facebook Comments Box