search

लघुवित्त संस्थाले सर्वसाधारणमाथि आर्थिक शोषण गरेको आरोप

पढ्न छुटाउनुभयो ?

पर्सा, २४ कात्तिक । लघुवित तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले वर्तमान समयमा देशभर मिटर ब्याज र लघुवित संस्थामार्फत साधारणमाथि भइरहेको आर्थिक शोषण असहय अवस्थामा पुगेको बताए । मंगलवार आदर्शनगरस्थित रानी सती धर्मशालामा सम्पन्न संयुक्त जन अधिकार आन्दोलन नेपाल, मिटर ब्याज संघर्ष समिति र लघुवित तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालको संयुक्त भेला तथा एकदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले सरकारले वर्षाैंदेखि मिटर ब्याज र लघुवित पीडितका समस्या समाधान गर्छाैं भन्ने घोषणा गर्दै आएको छ, तर वास्तविक पीडित अझै पीडामा रहेको बताए । ज्ञवालीले वित्तीय संस्थाहरूले गरीब जनतालाई ऋणको नाममा दोहन गरेको आरोप लगाउँँदै कानूनी तथा सामाजिक दुवै स्तरमा दबाब सिर्जना गर्नुपर्ने बताए । उहाँले केन्द्रदेखि स्थानीय तहसम्म संगठन सुदृढ पार्ने घोषणा गरे। किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा, समिति नेपालका रामेश सेन्चुरी, तथा किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय प्रवक्ता निर्ग नविन लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता पर्सा जिल्ला अध्यक्ष शिव साह तेलीले गरेका थिए । कार्यक्रममा पर्सा, बारा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाबाट करिब ५ सयभन्दा बढी मिटर ब्याज पीडितहरू सहभागी भई प्रशिक्षण सत्रमा सहभागीहरूलाई संगठन सुदृढीकरण, कानूनी सचेतना र आर्थिक अधिकार संरक्षणका उपायहरू सम्बन्धी प्रशिक्षण लिएका थिए ।
Facebook Comments Box

ताजा खबर

संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठन गर्नुपर्ने माग गर्दै मधेश सरकारविरुद्ध रीट

वीरगंज, २४ कात्तिक । मधेश प्रदेशमा गैरसंवैधानिक तरिकाले सरकार गठन गरिएको भन्दै अधिवक्ता अर्जुन साहले सर्वाेच्च अदालतमा रिट दायर...

सम्बन्धित खबर

- Advertisement -neelambads