*रक्सौल , कार्तिक – २५ *
भारतको बिहार राज्यमा आज (मंगलबार) दोस्रो र अन्तिम चरणको विधानसभा निर्वाचन भइरहेको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान तालिका तय गरिएको छ।
यस चरणमा १२२ सिटका लागि १ हजार ३०२ उम्मेदवार चुनावी मैदानमा छन्। आयोगका अनुसार करिब ३ करोड ७० लाख मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ, जसमा १ करोड ७५ लाख महिला मतदाता रहेका छन्।
मतदानका लागि ४५ हजार ३९९ मतदान केन्द्र स्थापना गरिएको छ, जसमा ४० हजारभन्दा बढी ग्रामीण क्षेत्रमा छन्। नवादा जिल्लाको हिसुआ निर्वाचन क्षेत्र सबैभन्दा ठूलो मतदाता भएको क्षेत्र हो, जहाँ ३.६७ लाख मतदाता छन्।
त्यस्तै लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी निर्वाचन क्षेत्रमा प्रत्याशीको संख्या सबैभन्दा बढी, अर्थात् २२–२२ जना रहेका छन्।
बिहारमा मतदानका कारण नेपालसँग सीमा जोडिएका मधेशका जिल्लामा आवागमन निषेध गरिएको छ। सीमावर्ती पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज जिल्लामा आज मतदान भइरहेको छ।