कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, महाधिवेशनबारे छलफल हुने

वीरगंज , कार्तिक – २५
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बिहान साढे ११ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार र सोमबार स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो। कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि जारी छ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति र तयारीबारे विस्तृत छलफल हुने जनाइएको छ। महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेताहरूबीच फरक धारणा रहेको बताइएकाे छ।
पूर्वमन्त्री एवं पार्टी नेता मो. आफताब आलमको निधनपछि बैठक दुई दिनका लागि स्थगित गरिएको थियो।
सम्बन्धित पोस्टहरुः