महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

वीरगंज , – कार्तिक २५
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मेका फाल्गुनन्द किरात धर्म, भाषा, लिपि, संस्कार र संस्कृति संरक्षणका अभियन्ता हुन्। समाज सुधारका लागि उनले बनाएको ‘सत्य धर्म मुचुल्का’ नीति विसं १९८८ वैशाख २४ गते जारी गरिएको थियो।
किरात समाज सुधारमा महत्वपूर्ण योगदान पु-याएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको थियो। उनको योगदानको कदर गर्दै सरकारले २०६६ मङ्सिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।
फाल्गुनन्द जयन्ती किराँती समुदायको बाक्लो बसोबास भएका पूर्वी पहाडी जिल्लाहरू — ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायत क्षेत्रमा विशेष रूपमा मनाइन्छ। राजधानी काठमाडौंमा पनि किरात समुदायले विविध सांस्कृतिक कार्यक्रममार्फत जयन्ती मनाउँदैछन्।
किरात ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार शेर्माका अनुसार यस वर्षको जयन्तीमा किरात संस्कृति संरक्षणका विषयमा गोष्ठी, पूजा–पाठ र सांस्कृतिक प्रदर्शनहरू आयोजना गरिएको छ।
सम्बन्धित पोस्टहरुः